काठमाडौँ, २५ असार ।
मलेसियामा कोरोना सक्रमण दिन प्रतिदिन वढिरहेको छ । पछिल्लो २४ घण्टामा १सय ३५ जनाको मृत्यु भएको छ ।
कोराना सक्रमणवाट आज सम्म मलेसियामा ५ हजार ९सय ३ जनाको मृत्यु भैसकेको छ । पछिल्लो पटक ८ हजार८ सय ६८ जना नयाँ सक्रमित थपिएका छन ।
मलेसियामा ८ लाख ८ हजार ६ सय ५८ जना सक्रमित रहेकोमा ७ लाख २५ हजार ४ सय ८० जना निको भएर घर फर्किएका छन ।
अहिले मलेसियामा ७७ हजार २ सय ७५ जना सक्रिय सक्रमित रहेकामा २ हजार ९ सय ३१ जनाको विभिन्न अस्पतालमा आईसियु र भेन्टिलेटरमा राखेर उपचार भैरहेको मलेसियाका संचार माध्यमहरुले जनाएका छन ।
मलेसियामा करीव चार लाख नेपाली श्रमिकहरु रहेको अनुमान गरिएको छ । केहि नेपालीको कोरोना सक्रमणवाट मृत्यु समेत भैसकेको छ । कोरोना सक्रमणवाट कति नेपालीको मृत्यु भयो भन्ने वारेमा मलेसिया सरकार तथा मलेसियामा रहेको नेपाली दुतावासले पनि सार्वजनिक गरेका छैनन ।