ह्वात्तै घटेको सुनचाँदीको बजार मूल्य, आज कति पुग्यो हेर्नुहोस

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २३ असार ।

मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी ५ रुपैयाँले वृद्धि भएको हो ।

गत सोमबार बजारमा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ८०० रुपैयाँ पुगेको छ भने चाँदी ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३३० रुपैयाँ पुगेको छ ।

यता तेजाबी सुनको मूल्य समेत मंगलबार प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९१ हजार ३०० रुपैया पुगेको महासंघले जनाएको छ ।

यस्तै: यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५९ पैसा र विक्रीदर ११९ रुपैयाँ १९ पैसा रहेको छ ।यस्तै यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८७ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ५८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ८७ पैसा र विक्रीदर १६५ रुपैयाँ १६ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७८ पैसा र विक्रीदर १२९ रुपैयाँ ४३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर आज एकको खरिददर ८९ रुपैयाँ ३७ पैसा र विक्रीदर ८९ रुपैयाँ ८२ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०६ पैसा र विक्रीदर ९६ रुपैयाँ ५४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७० पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६२ पैसा र विक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र विक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।