अमेरिकामा रमाउँदै सुहाना थापा ( तस्बिर सहित )

हाम्रो सन्देश संवाददाता

काठमाण्डौं ।

अभिनेत्री सुहाना थापा यतिबेला आफ्नो परिवार संगै अमेरिकामा रहेकी छिन् । नेपालमा को-भि’डको दोश्रो लहर बढेपछि थापा परिवार अमेरिका हा’निएको थियो ।

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सकेपछि उनी आमा झरना थापा र पिता सुनिल कुमार थापासँगै अमेरिका पुगेकी हुन् । उसो त, सुहाना लामो समयदेखि अमेरिकामा नै अध्ययन गरिरहेकी छिन् । चलचित्र ‘ए मेरो हजुर ४’ यो बर्षको भदौ १८ गतेबाट रिलिज गर्ने योजना निर्माणपक्षले बनाएपनि अब यो संभव छैन ।

किनकी, को-भि’डको दोश्रो लहरका कारण बन्द भएका हलहरु कहिलेबाट सुचारु हुन्छन् टुं’गो छैन ।उनै, सुहानाले सामाजिक संजालमा अमेरिकामा घु’मफिरका तस्वीर पोष्ट गरेकी छिन् । तस्वीरमा सुहाना निकै खु’लेको देख्न सकिन्छ ।

नायिका झरना थापाले छोरीसँग घुमफिर भन्दै पोष्ट गरेको तस्वीरमा सुहानाले विभिन्न पो’जमा तस्वीर खिचाएकी छिन् । पहिलो चलचित्र ‘ए मेरो हजुर ३’बाट नै चर्चामा आएकी सुहाना दोश्रो चलचित्र रिलिजको प्रतिक्षामा छिन् ।