चितवनमा युट्युबर भोजराज थापा लखेटिए!

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २२ असार ।

घटनाक्रमलाई अतिरञ्तिज पार्न आएको भन्दै चितवनमा एक युट्युबर दुर्व्यवहारमा परेका छन्।

पूर्वी चितवनको राप्ती नगरपालिका ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा क्यामेरा लिएर पुगेका युट्युवर भोजराज थापालाई स्थानीयले लखेटेका हुन।

बिगत ९ दिन देखी हराई रहेकी सुजिता भण्डारीको शव सोही जंगलमा भेटिएको थियो। शो शव र घटनाको भिडियो बनाउन गएका उनलाई स्थानियले अपशब्द प्रयोग गरेका थिए।

भिडियो नखिच्न र तत्काल घटनास्थल छोड्न उनलाई स्थानीयले दबाब दिएका थिए। पछिल्लो समय युट्युबरहरुले घटनाहरुलाई अतिरन्जित पार्ने गरेको आरोप छ।