काठमाडौँ, २१ असार ।
नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (असार २१ गते, जुलाई–५ तारिख ) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २९ पैसा र विक्रिदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ । डलरको भाउ आज आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रिदर १४२ रुपैयाँ २५ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ५१ पैसाले बढेको छ ।
युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ८७ पैसा र विक्रिदर १६५ रुपैयाँ ७० पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ पनि ८६ पैसाले बढेको छ ।
यस्तो छ आज अन्य मुद्राको विवरण