गणेश कडेल/काठमाडौँ, २० असार ।
एनआरएन मलेसियाको अधिवेशन यहि जुलाई २५ लाई तोकिएको धेरै भएको छैन । तर एनआरएनको बिषयमा बकम्फूसे हल्ला भने अलि अगाडी देखिनै सुनिन थालेको हो ।
एनआरएन जसको साब्दिक नेपाली अर्थ नेपालमा बसोबास नगर्ने नेपालीहरु । तर एनआरएनले अहिले धेरै भन्दा धेरै सदस्य थप्ने लोभमा, संस्थालाई पूजिवालहरुको संस्था बनाउने लोभमा, आफूलाई नेपाली नै हैन भनेर बिदेशि नागरिकता लिइसकेकाहरु, जो नेपाल र नेपालीको बारेमा थाहै छैन जसको पुर्खाहरुमात्र नेपाली थिए त्यस्ताहरुलाई समेटेर निश्चित स्वार्थ लिने लोभमा बर्षेनी बिधान परिमार्जित गर्दै एनआरएन सदस्यता थप्दै गईरहेको छ । यस्तै चाल हुने हो भने एकदिन दार्जिलिङ्गबासी, सिक्किमबासी र भुटानका नेपालीहरुले पनि एनआरएनएको सदस्यता पाउने दिन आउछ । अनि नेपाल सरकारका पटके, कुर्सीभोगि मन्त्रीहरुले एनआरएनएको दोहोरो नागकिरता मागलाई मान्यता दिएर दोहोरो नागरिकता पनि दिने दिन आउछ ।
अब फर्कौ मलेसियातिर– मलेसियामा अधिवेशन आउन समय अगाडी देखि नै हौवाबाजि, हल्लाबाजि सुरु भईसकेको छ । मलेसियामा रहेका सबै नेपालीलाई थाहा छ । एनआरएनए मलेसिया, मलेसियामा बैधानिक दर्ता भएको संस्था पनि हैन र यसले अहिलेसम्म श्रमिक मुखि खासै काम पनि गरेको छैन । यसले उपलब्धि मुलक काम गरेको भनेको आइएलओले दिएको ४ लाख भन्दा बढि रकमको श्रमिक राहत कार्यक्रम सञ्चालन मात्र हो नत्र भने श्रमिकबाट सदस्यताबापत उठाएको १ लाख ५० हजार रकम बाट श्रमिक हितमा कति काम ग¥यो जगजाहेर छ ।
अधिवेशन आउने मिति तोकिदासम्म मलेसियामा अध्यक्षको दाबेदारी ६ जना भन्दा बढिले गरेका छन् । सबैले राम्रै काम गर्छु भनेका छन् । तर, ति ६ जनामध्येमा ९० प्रतिशत बुख्याचा उम्मेदवार हुन् । अर्थात कसैले आफ्ना प्रतिस्पर्धिलाई तर्साउन अगाडि सारेका दाबेदार । यथार्थमा ति बुख्याचाहरु भोलीका दिनमा सदस्य, सचिव, महासचिव, उपाध्यक्षसम्मको पदमा बार्गेनिङ गरेर पछाडि फर्किनेछन् ।
एनआरएनए मलेसियामा अहिले ५ हजार भन्दा बढि सदस्य पुगेका छन् तर, ति सदस्यमध्ये ९० प्रतिशतलाई थाहै छैन उनिहरु एनआरएनए मलेसियाका सदस्य हुन भन्ने कुरा । किनकी उनिहरुको डकुमेन्ट उनिहरुलाई काम लगाउने एजेन्ट, कम्पनीबाट उनिहरुको अनुमति बिना प्रयोग गरेर एनआरएनएको सदस्य बनाइएको छ । अनि त्यस्ता बुख्याचा सदस्यहरुले आफ्नो संस्था चिनोस न नेतृत्व । सवाल जवाफको त कुरै छाडौं । अझ रोचक कुरा त उनिहरु भोट दिन पनि होइनन । उनिहरुको नाममा अर्कैले भोट दिन्छ । अझ अहिले त भर्चुअल अधिवेशन र भर्चुअल भोटिङ्ग हुने भएपछि त ति बुख्याचा मतदाताहरुको नाममा भोट हाल्न झनै सजिलो ।
मलेसिया एनआरएनमा पहिलेका दिनहरुमा समिति बन्दा राजनैतिक दलको प्रभाव शुन्यप्राय हुन्थ्यो तर, अहिले भने पार्टीगत भागबन्डा सुरु भईसकेको छ । तर यसपाली पार्टीगत भागबन्डामा दुबैपक्षका कांग्रेस मात्र हुने देखिएको छ ।
केहि समय अगाडी मात्र नेपाली कांग्रेसको भातृसंगठनको जिम्मेवार पदमा रहेका दुई उम्मेदवार नै यसपाला एनआरएन मलेसियाको अध्यक्ष पदका प्रमुख दाबेदार हुन । अरु त सबै बुख्याचाँ मात्र ।
यसपालीको एनआरएन मलेसियाको अध्यक्षपदको प्रमुख दाबेदारमा महेन्द्रजगं शाह र बिनोद थापा नै हुन । यी दुबै दाबेदार नेपाली कांग्रेस निकन जनप्रगतिशिल मोर्चाका जिम्मेवार पदमा रहेका ब्यक्ति हुन् ।
एनआरएन मलेसियाका अन्य पदमा पनि उम्मेदवारी घोषणा गर्नेहरुको लर्को लागेको छ । तर, ति दाबेदारहरु आफ्नो ब्यक्तिगत ल्याकतले नभई अध्यक्ष दाबेदारहरुका प्यानलमा मिसिएकाहरु हुन् । यदि कुनै अध्यक्ष उम्मेदवारले दाबेदारी छाड्ने बित्तिकै उनिहरुको अस्तित्व पनि स्वहा हुन्छ ।
आखिर किन एनआरएनमा मरिहत्ते ?
एनआरएनएमा कुनै समय समिति सदस्य पु¥याउन मुस्किल पर्ने संस्था हो । तर, बिगत ८–१० बर्ष यता यसको क्रेज ह्वात्तै बढेको छ । बिशेष गरी पैसावालहरुको माझमा यो ग्यामरस संस्था भएको छ ।
अलिक पैसा कमाएकाहरुले आफ्नो पैसाको धाक, रौस देखाउने संस्था एनआरएन भएको छ । प्रवासमा कमाएको पैसा नेपालमा सजिलैसँग भित्र्याउन र लगानी गर्न एनआरएनए निकै सजिलो भएको छ । नत्र तपाई आफै अनुमान लगाउनुस एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोले मेडिसिटी हस्पिटल देखि लिएर खरर्बौको लगानी नेपाल भित्र्याउदा कति कठिन हुन्थ्यो, त्यसैगरि भवन भट्टले नेपाल एयरलाइन्सको पुरानो प्लेन किन्दा कति कठिनाई भोग्नुपथ्र्यो ।
फेरी फर्कौ मलेसियामै :
एनआरएनए मलेसिया बिगतमा आशावादि र सामाजिक संस्थाको रुपमा रहदै आएको संस्था हो । बिचमा केहि समय विवादमा परेपनि संस्था कहिल्यै गलत हुँदैन व्यक्ति हुन्छ भन्ने मान्यता मान्ने हो भने यसबाट अझ पनि आशा ब्यक्त गर्न सकिन्छ । तर, यसको नेतृत्व सधैं पैसाकै भरमा चुनिने हो भने चाहि यो संस्थाबाट आशा भन्दा पनि जोगिएर बस्नु उचित हुन्छ ।
एकजना अध्यक्ष उम्मेदवारले ८०–९० हजार रिंगेट खर्च गरेर आफू मातहातका सदस्यहरु बनाएपछि उसले अरु प्रति जवाफदेहिता किन देखाउनु प¥यो ? उसले त आफ्नो लगानी नै उठाउने सोच्ने हो नि । बिना स्वार्थको, बिना नाफाको समाजसेवा भाँडमे जाए ।
त्यसैले अब एनआरएनमा लाग्ने हरेकले यसमा लागेर स्वार्थ लिन्छु, मेरो रवाफ बढाउछु, मेरो ब्यापार बढाउछु, यसमा आएको कामको कमिसन खान्छु, राजनैतिक पहुँच बनाएर ब्यक्तिगत स्वार्थ लिन्छु, अरु देशका पैसावालहरुसँग चिनजान गरेर केन्द्रको अधिवेशनको बेला कमिसन माग्छु भन्ने सोच त्यागेर मात्र एनआरएनए मलेसियामा लाग्नु राम्रो ।
भोलीको दिनमा कुनै नेपालीलाई समस्या पर्दा हरेक समय, हरेक ठाउँमा सहयोग गर्न तत्पर हुन्छु । नेपालीका हरेक सुख दुखमा साथ दिन तयार हुन्छु भन्ने भावना लिएर मात्र एनआरएनएमा लाग्दा राम्रो । नत्र भने आफ्नो स्वार्थको दाग मेटाउन हिलो पानीमा कपाडा पखाल्न खोज्दा पुरै कपडा झन फोहर नहोस ।