मलेशिया प्रवेश गर्ने नेपालीलाई तिन हप्ताको क्वारेन्टाइन अनिवार्य

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २० असार ।

मलेसियाले नेपाल लगायतका केहि मुलुकबाट आउने यात्रुलाई तीनसाताको क्वारेण्टिन अनिवार्य गरेको छ । मलेसियाका सञ्चारमाध्यमहरुका अनुसार नेपालसागै श्रीलंका, बंगलादेश तथा पाकिस्तानबाट आउने यात्रुलाई २१ दिनको क्वारेण्टिन अनिवार्य गरिएको छ ।

कोभिडको डेल्टा भेरिएण्टलाई फैलिन रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ । यस अगाडी मलेसियाले भारतबाट आउने यात्रुका लागि मात्र २१ दिनको क्वारेण्टिनको व्यवस्था गरेको थियो ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल लगायतका मुलुकमा डेल्टा भेरिएण्ट फैलिएपछि सो संक्रमण रोक्न यस्तो व्यवस्था गरिएको हो । सवै मुलुकबाट मलेसिया आउने यात्रुले तीन दिन भित्र गरिएको पिसिआर रिपोर्टलाई अनिवार्य गरिएको छ भनें मलेसिया आइपुगे पश्चात पनि पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था छ । नेपाल लगायतका मुलुकबाट आउने यात्रुको १८ औं दिनमा पिसिआर परीक्षण हुने जनाइएको छ ।