८५ हजार जनालाई १०–१० कित्ता पर्ने लघुवित्तको आईपीओ आउँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १९ असार ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरकाे ८ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो जसअनुसार १०/१० कित्ताका दरले ८५ हजार जनाले पाउनेछन् ।

लघुवित्तले आईपीओ निष्काशन गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको तर्फबाट नायब कार्यकारी निर्देशक मतीजया लोहनी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।