काठमाडौँ, १९ असार ।
नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाक्रीले मौरीजस्तो भएर पार्टी एकतामा लाग्न पार्टीका नेतृत्व वर्गलाई आग्रह गरेकी छन्।
थापाथलीमा आयोजित एक कार्यक्रममा झाक्रीले अरिंगाल होइन मौरीजस्तो भएर पार्टी एकताको पक्षमा लाग्न पार्टीका नेतृत्ववर्गलाई आग्रह गरेकी हुन्।
कार्यक्रमका बीच उनले व्यतिको पुजा गर्ने प्रवृत्तिलाई त्याग्दै विधि र पद्धतिको पक्षमा लाग्नुपर्नेमा जोड दिइन्। आफूहरू पार्टी एकताको पक्षमा भएको बताउँदै उनले समाजवाद जप्ने दलाल पुजीँवादलाई पोस्ने काम भएको आरोप लगाइन्।
अनेरास्ववियु पार्टी एकताको पक्षमा लागेको भन्दै उनले खबरदारी गर्न सबैलाई आग्रह समेत गरिन्।
माओवादीले पदमुक्त गराएका थप चार जनप्रतिनिधिको पुनर्वहाली गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले थप चार जनप्रतिनिधिलाई पुनर्वहाली गर्न आदेश दिएको छ ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
एमाले बनेपछि माओवादीले पदमुक्त गराएका उपप्रमुख देवकोटासहित गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नम्बर् १ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका– ४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका–४ का वडाध्यक्ष पुरन बि.सि. लाई पुनर्वहाली गर्न सर्वोच्चले आदेश दिएको हो ।
संविधानको कुनै पनि धारामा जनप्रतिनिधिलाई पदमुक्त गर्ने व्यवस्था नभएको भन्दै पुनर्वहाली गर्न भनिएको छ । साथै, पदमुक्त हुँदा काम, कर्तव्य र अधिकारमा असर परेको समेत अदालतको भनाइ छ ।
नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो ।