क्वालालम्पुर (मलेसिया), १९ असार ।
मलेसियामा कोरोना संक्रमण नियन्त्रण गर्न धौँ धौँ परेपछि, कोरोना नियन्त्रण भन्दा बाहिर गएपछि मलेसियामा पुन: लकडाउन कडाईका साथ जारी गरिने भएको छ।
एक महिनाको लकडाउन पश्चात् पनि कोरोना नियन्त्रणमा आउन नसकेपछि मलेसियाका सेलाङ्गर,क्वालालम्पुर लगायतको विभिन्न स्थानमा कडाईका साथ लकडाउन लगाउनुको साथै विभिन्न कम्पनी परिसरभित्रै प्रवेश गरेर कोरोना सम्बन्धि एसओपी पालना नगर्ने कामदारको साथसाथै अवैधानिक कामदारहरुलाई धरपकड गर्न पनि सुरु गरिएको हो।
स्थानीय सञ्चार माध्यमका अनुसार पछिल्लो समयमा मलेसियामा ‘अन्लिमिटेड लकडाउन’ लागू गरिएको छ, अर्थात संक्रमितको संख्या ४ हजार भन्दा तल नआएसम्म ‘लुजडाउन’ नगर्ने , लकडाउन नखोल्ने यहाँको सरकारले घोषणा गरेको छ।
तर, मलेसियामा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। झन्डै दिनको ७ हजारको हाराहारीमा संक्रमित भेटिरहेका छन् , भने ६० देखि १०० जनाको हाराहारीमा मानिसहरुको मृत्यु भैइरहेको छ।
त्यसै क्रममा मलेसिया सरकार पछिल्लो समय कोरोना माहामारीको वाहानामा अत्याधिक विदेशी कामदारहरु बस्ने कम्पनी,होस्टेल,फ्ल्याट लगायतकोमा गएर छापामारी गर्ने र भिसा नभएको , अवैधानिक विदेशी कामहरूलाई धमाधम पक्राउ गर्दै डिपोर्ट गर्ने गरेको छ।