क्वालालुम्पुुर र सेलेङगरका अधिकांश क्षेत्रमा कडा लकडाउन

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १७ असार ।

मलेसियाको राजधानि क्वालालुम्पुर र सेलेङगरको अधिकांश क्षेत्रमा जुलाई ३ तारिखबाट दुई हप्ताको लागि झन कडा लकडाउन हुने भएको छ ।

खाना र अत्यावश्यक सामान किन्न बाहेक कोहि पनि घर बाहिर निस्कन नपाइने मलेसियाका बरिष्ठ मन्त्री दातुक सेरि स्माइल सब्रिले आज जानकारी गराएका हुन् ।

दैनिक ५–६ हजार भन्दा बढि बिरामि भेटिन थालेपछि मलेसियामा कोरोना संकट झन झन बढ्दै गएको हो । जुन १ तारिख देखि लगाइएको लकडाउन सोचे अनुरुप प्रभावकारी नभएपछि मलेसियामा कोरोना संक्रमितको संख्या बढदै गइरहेको छ ।

विशेष गरेर क्वालालुम्पुर र सेलेङगर क्षेत्रमा कोरोना संक्रमितको संख्या अत्याधिक बढिरहेको छ । यहि जुलाई ३ तारिखबाट सुरु हुने कडा लकडाउनमा घरको सामान किन्न घरको एक जना मात्र निस्कन मिल्नेछ ।