सुशील श्रेष्ठ
मनसुनी वायुको सक्रिय प्रभाव अनि तराई क्षेत्रनजिक मनसुनी न्यून चापीय रेखा रहेकाले काठमाडाैं उपत्यकासहित देशभर वर्षा भइरहेकाे छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
काठमाडौँ उपत्यकामा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदलीकाे अवस्थामा छ । उपत्यकाका माझबाट बग्ने खाेलाहरू उर्लिएका छन् । हेर्नुहाेस्, काठमाडाैं उपत्यकाकाे जमल, कुपण्डाेल, कालीमाटी, सानेपालगायत क्षेत्र पुगेर लिइएकाे तस्वीरः