काठमाडौँ, १७ असार ।
सरकारले नियमित उडानलाई पहिलो प्राथमिकतामा राखेको छ । सोही अनुरुप पहिलो चरणको नियमित उडान यही जेठ १८देखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको थियो ।
यी देशहरूमा नियमित उडान सुचारु भएकाले पनि चार्टर्ड बन्द गर्ने योजना अनुरुप बन्द भएको उनको दाबी छ । नेपालमा विभिन्न समयमा आएर बसोबास गरेकाहरू स्वदेश फर्कन नपाएपछि फर्कने वातावरण मिलाइदिन सम्बन्धित मुलुकका दूतावासले आग्रह गरेकाले मन्त्रालयले अनुमति दिएको थियो ।
‘विभिन्न समयमा वैदेशिक रोजगारमा गएका मानिसहरू कोभिडका कारण अलपत्र परेकाले सहज उद्धार गर्नुपर्ने भएकाले पनि नियमित उडान प्राथमिकता राखिएको हो,’ अधिकारी भन्छन् ।
नियमित उडान नहुँदा धेरै नेपालीहरू विदेशमा अलपत्र परेको विदेशस्थित दूतावसाले गुनासो गरेपछि नियमित उडान खोलिएको उनले बताए ।
आगामी सातादेखि थप तीन मुलुकका लागि नियमित उडान सुचारु हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सीसीएमसीलाई अन्य मुलुककका लागि पनि नियमित उडान खुलाउन प्रस्ताव गरेको छ । सीसीएमसीले मन्त्रिपरीषद्को बैठकमा उडान खुलाउने प्रस्ताव लगेमा उडान नियमित हुने अधिकारी बताउँछन् ।
मलेसिया, युएई र साउदी अरबका लागि नियमित उडान खुलाइने प्रवक्ता अधकारीले जानकारी दिए । यसअघि टर्की, चीन र युएईका लागि उडान खुलिसकेको छ ।
‘स्वास्थ्य सामग्रीको मात्र चार्टर्ड उडान भइरहेको छ’
नियमित उडान खुलिसकेकाले चार्टर्ड उडान बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । जेठ २३ गतेदेखि चार्टर्ड उडान बन्द गरेको उनले बताए । अहिले स्वास्थ्य सामग्री आयात गरिएका चार्टर्ड उडान मात्र हुने गरेको क्षेत्रीको भनाइ छ ।
सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेपछि वैशाख २० देखि आन्तरिक उडानमा रोक लगाएको थियो । त्यसपछि वैशाख २३ गते रातिदेखि भारतबाहेक अन्य मुलुकतर्फका अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाइएको छ ।