मलेसियामा खुला गर्ने भनिएको ‘लकडाउन’ फेरि लम्बियो

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, १५ असार ।

मलेसियामा शनिबार कोरोना संक्रमितको संख्या ५ हजार नाघेपछि सरकारले आइतबारबाट खुला गर्ने भनिएको ‘लकडाउन’ को समयसीमा लम्ब्याएको छ।

कार्यवहाक प्रधानमन्त्री मुहिद्धिन यासिनले आइतबार बर्नामा न्युज एजेन्सीलाई दिएको जानकारी अनुसार देशमा संक्रमितको संख्या ४ हजारभन्दा तल नझरेपछि यस्तो निर्णय गर्नु परेको हो।

मलेसियामा शनिबार संक्रमितको संख्या ५ हजार ८ सय ३ पुगेको थियो।

जर्मनीको पासपोर्ट विश्वको सबैभन्दा बलियो, अमेरिका ९ स्थान तल

विश्वमा कारोना संक्रमणका कारण यात्रा प्रतिबन्ध यथावत रहेको बेला जर्मनीको पासपोर्ट संसारकै सबैभन्दा बलियो बन्न पुगेको छ। यसअघि स्विट्जरल्याण्डको पासपोर्ट विश्वको नम्बर एक थियो।

आर्टन क्यापिटल पासपोर्ट इन्डेक्सका अनुसार २४ जुन, २०२१ सम्म भिसा ‘फ्रि एक्सेस’ मामिलामा जर्मनीले स्विट्जरल्याण्डलाई पछाडि छोडेको हो। कोरोना भाइरसको प्रभावभन्दा पहिले अमेरिकाको पासपोर्ट विश्वको तेस्रो बलियो मानिन्थ्यो। अहिले ९ स्थान तल झरेर १२ स्थानमा पुगेको छ।

हालै प्रकासित रिपोर्टअनुसार स्विडेन, फिनल्याण्ड, स्पेन र न्युजिल्याण्डको पासपोर्ट दोस्रो स्थानमा पुगेका छन्। डेनमार्क, नर्वे, स्विट्जरल्याण्ड तेस्रो तथा नेदरल्याण्ड्स, फ्रान्स, पोर्चुगल, अस्ट्रिया, लुक्जम्बर्ग, इटाली, ग्रीस, आयरल्याण्ड र बेलायत चौथो नम्बरमा छन्।

बेल्जियम, पोल्याण्ड, लुथवानिया, हंगेरी, जापान र दक्षिण कोरिया पाँचौ स्थानमा छन्। छैटौं स्थानमा स्लोभानिया, चेक गणराज्य, इस्टोनिया, लात्भिया, आइसल्याण्ड रहेको छ भने सातौं स्थानमा माल्टा, स्लोभाकिया र अस्ट्रेलिया छन्। आठौं स्थानमा साइप्रस र लेचेस्टाइन, नवौं स्थानमा क्रोएसिया र रोमानिया तथा दशौं स्थानमा बुल्गेरियाको पासपोर्ट रहेको छ।

जर्मनीका पासपोर्टधारी सय देशको भ्रमण भिसा बिना गर्नसक्छन्। ३७ देशमा ‘अनएराइभल’ भिसाको व्यवस्था छ। ६१ देशमा मात्र भिसाका लागि आवेदन दिनुपर्छ।