काठमाडौं, १५ असार ।
बेलायतमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङको गल्कोट नगरपालिकास्थित बडागाउँ स्थायी घर भएका ३४ वर्षीय बद्री चालिस रहेका छन् ।
हाल बेलायतको नटिङघ शहरमा बस्दै आएका चालिसको शुक्रबार साइकलबाट लडेर मृत्यु भएको हो । उनी भलिबल खेलेर फर्केने क्रममा रोबिनहुड विद्यालय नजीक साइकलबाट लडेका थिए ।
साइकलबाट लडेर गम्भीर घाइते भएका उनको क्विन्स मेडिकल सेन्टर नटिङघमको सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । उनी श्रीमतीसहित बेलायतमा बस्दै आएका थिए।