प्रधानमन्त्री ओलीको पुत्ला दहनसहित देशव्यापी थप आन्दोलनको घोषणा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ असार ।

प्रतिनिधि सभा विगठनको विरुद्धमा रहेका विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले देशव्यापी आन्दोलन का लागि संयुक्त संघर्ष समिति गठन गरेका छन् । सोमबार बिहान काठमाडौंमा बसेको संयुक्त संघर्ष समितिको बैठकले प्रधानमन्त्रीको पुत्ला दहनसहित थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संसद पुर्नस्थापनाको माग राख्दै संयुक्त संघर्ष समितिले असार १६ गते ७७ जिल्ला तथा १७ गते काठमाडौंमा प्रधानमन्त्रीको पुत्ला जलाउने भएको छ । सरकारको अधिनायकवादी, स्वेच्छाचारी शाशनको विरुद्ध संघर्ष गर्न नागरिक, युवा, विद्यार्थी, बुद्धिजीवी, पत्रकार, नागरिक अगुवालगायत सबैमा अपिल गरेको छ ।

लकडाउन अवधिको शुल्क मिनाहागर्दै सम्पुर्ण विद्यार्थी तथा शिक्षकहरुलाई कोभिडको विरुद्धको खोप व्यवस्था गरी शैक्षिक संस्था सुचारु गर्न सरकार समक्ष संयुक्त संघर्ष समितिले माग राखेको छ ।मंगलबार विश्वविद्यालय र राष्ट्रिय परीक्षाबोर्ड घेराउ तथा शैक्षिक समस्यालगायत माग राख्दै ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय भएको छ । संयुक्त संघर्ष समितिमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादि विद्यार्थी युनियन, अखिल छैंटौ विद्यार्थी संगठन रहेका छन ।