रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती रिहा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ असार ।

जातका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्रा उ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन्। उनी बुधबार दिउँसो रिहाई भएकी हुन् । उनको रिहाई माग गर्दै बुधबार नेवार समुदायले काठमाडौंमा बबर महलमा प्रदर्शन समेत गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिनुभयाे। सुनारले घरभाडा माग्न जाँदा जातीय विभेद गरेको भन्दै उजुरी दिएपछि प्रधान आइतबार प’क्रा उ परेकी थिइन् । रूपाले आफू माथि जा’तीय वि’भेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

रुपा सुनारले घर भाडाको बिषयमा सरस्वती प्रधान माथी दर्ता गरेको जातिय वि’भेद सम्बन्धि मु’द्दाको बिरोधमा आज जिल्ला सरकारी वकिलको कार्यलय बबरमहलमा नेवार समुदायले बिरोध प्रदर्शन गरेका थिए । काठमाडौंमा बबरमहलमा भेला भएका मानिसहरुले “सरस्वती प्रधानलाई निशर्त रिहाई गर” लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

आजै नेवा समुदायको छाता संगठन नेवाः देय। दबूले रुपा सुनारले सुनियोजित रुपमा घरधनी सरस्वती प्रधानलाई फसाएको बताएको छ । नेवाः देय दबू जिल्ला समिति काठमाडौंले प्रेस विज्ञप्ति जारी गरी घरधनीले जातीय विभेद गर्ने मनशाय नराखेको र प्रत्येक घर धनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना, पेशा, चालचलन तथा अन्य जानकारी सोध्ने अधिकार रहेको जनाएको छ ।