सर्वाेच्च आदेशमा लुकेको भित्री रहस्य : प्रधानमन्त्री केपी ओली नै पदमुक्त !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ९ असार ।

सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका २० मन्त्रीलाई बर्खास्त गरेसँग नेपाली राजनीतिमा तरङ्ग उत्पन्न भएको छ । तर सर्वाेच्च अदालतले के आधारमा मन्त्रीहरूलाई बर्खास्त गर्‍यो ? यसभित्र गम्भीर रहस्य लुकेको पाइएको छ ।

सर्वोच्च अदालतले मंगलबार दिएको अन्तरिम आदेशसँगै २० जना मन्त्री पदमु´क्त भएका छन् । ओली सरकारमा अब ५ जना मात्रै बाँकी रहेका छन् ।

लामो छलफल र तामझामसहित सरकारमा गएको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्ष पूरै सरकारबाहिर भएको छ । अब नेकपा एमालेको ओली पक्ष मात्रै सरकारमा बाँकी रहेको छ । सर्वाेच्चले जेठ २१ र २७ गते मन्त्री बनेका सबैलाई पदमु´क्त गरिदिएको छ ।

मंगलवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् पुनर्गठनलाई असंवैधानिक ठहर गरेको छ ।