त्रिभुवन विमानस्थलमा एउटै जहाज छिनमै उड्ने र छिनमै बस्ने किन गरिरहेको छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ७ असार ।

आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा हवाईजहाज छिनमै उड्ने र छिनमै बस्ने गर्यो । सर्वसाधारणलाई अनौठो लाग्ने यो दृष्यले धेरैको ध्यान खिच्यो ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो किन भइरहेको छ ? कुनै आपतविपत पो आइलाग्यो कि ? तर होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेकाले यस्तो दृष्य देखिएको हो ।

सोमबार बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौकामा आफ्ना पाइलटलाई अभ्यास गराइरहेको छ । त्यही भएर हिमालय एयरलाइन्सको हवाईजहाजले आकाशमा फन्को मारिरहेको छ । अनलाइनखबर बाट साभार