पोर्चुगलमा एक नेपालीको निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ७ असार ।

पोर्चुगलमा एक नेपालीको निधन भएको छ । निधन हुनेमा काभ्रेपलाञ्चोक घर भएका प्रदीप तामाङ रहेका छन् । उनको गएको बिहिबार अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनी करिव ३ वर्ष अगाडि पोर्चुगल पुगेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनको लिस्बोनस्थित आईपीयो अस्पतालमा उपचार भइरहेको थियो ।

वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका तामाङको निधन भएको बारे गैरआवासीय नेपाली संघ पोर्चुगलले जनाएको छ । अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका तामाङको आज अन्तिम दाहासंस्कार गरिने जनाइएको छ ।