कास्की, ७ असार ।
पोखरा–बाग्लुङ सडकखण्डमा मोटरसाइकल टिप्परसँग ठोक्किदा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जनाइएको छ ।
आइतबार साझँ पर्वतबाट पोखरातर्फ जाँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकल लक्ष्मीदेउराली पत्थरढुङ्गामा एकापसमा ठोक्किएको हो ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा ल्याइएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।