प्रचण्ड र दीपक मनाङेबीच भेटवार्ता

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ७ असार ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ दिपक मनाङ्गेबीच भेटवार्ता भएको छ । आइतबार प्रचण्डलाई भेट गर्न मन्त्री मनाङ्गे खुमलटार पुगेका थिए ।

प्रचण्डसँग आफ्नो भेट भएको बारे मन्त्री मनाङ्गेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले भेटको तस्बिर शेयर गरदै ​प्रच​ण्डसँग प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे बृहत छलफल भएको बताएका छन् ।

तस्बिर सहित उनले लेखेका छन् – ‘नेकपा माओवादी केन्द्र​ का अध्यक्ष कम​रेड प्र​च​ण्ड ज्यु संग​ प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे बृहत छलफल प​श्चात लीएको त​स्बिर।’

मनाङबाट स्वतन्त्र सांसदका रुपमा जितेका मनाङ्गे केही समयअघि गण्डकी प्रदेशमा मन्त्री बन्ने मौका पाएका थिए ।