काठमाडौं :
सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरे पनि अन्य देशमा उडान सुरु भए पनि मलेसियामा भने अझै उडान सुरु भएको छैन ।
मलेसियामा जारी लकडाउनको कारण नेपाल मलेसिया नियमित उडान हुन नसकेको हो । तर नेपाल सरकारले नियमित उडान गर्ने निर्णय गरिसकेको अवस्थामा र मलेसियाले पनि लकडाउनलाई खुकुलो पार्ने निती लिएको हुँदा अब भने मलेसियामा नियमित उडान हुने भएको हो ।
अन्य देशको हकमा सरकारले बिस्तारै उडान संख्या बढाउदै लगेको बेला मलेसियामा धेरै नागरिक रहेको कारण नियमित उडान गर्ने योजना बनाएको छ । जसलका लागि तयारी गरिदै गरेको जनाएको छ ।
उता प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकले उपयुक्त मुलुकमा सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कूल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।