कोपा अमेरिका : आज राति भेनेजुएला र इक्वेडर तथा कोलम्बिया र पेरु भिड्दै

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ६ असार ।

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा आज (आइतबार) राति दुई खेल हुँदैछन् । पहिलो खेलमा भेनेजुएला र इक्वेडर तथा दोस्रो खेलमा कोलम्बियाले पेरुबीच प्रतिस्पर्धा हुने छ ।

पहिलो खेल राति २:४५ बजे सुरु हुनेछ । समूह ‘ए’ मा रहेको भेनेजुएलाले २ खेलमा १ अंक जोडेको छ । र, समूहको तेस्रो स्थानमा छ ।

इक्वेडरले अंक जोड्न सकेको छैन । पहिलो खेलमा इक्वेडर पराजित भएको थियो ।

यस्तै कोलम्बिया र पेरुबीचको खेल सोमबार बिहान ५:४५ बजे सुरु हुनेछ । यसअघि भएका दुई खेलमा कोलम्बियाले एक जित र एक बराबरी खेलेको थियो ।

समूहको दोस्रो स्थानमा रहेको कोलम्बियाले ४ अंक जोडेको छ । पेरु पनि पहिलो जितको खोजीमा हुनेछ ।