काठमाडौँ, ५ असार ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारी चढेको गाडीलाई नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा मुग्लिनतर्फ जाँदै गरेको ना६ख ६०११ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा एसपीसहित ६ जना प्रहरी घाइते भएका छन् ।
घाइते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । अन्य ५ जना प्रहरीहरुको टाउको र हातमा चोट लागेको छ।
प्रहरीको जीपलाई मुग्लिनतर्फ जाँदै गरेको ना६ख ६०११ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा एसपीसहित ६ जना प्रहरी घाइते भएका हुन्। घाइते एसपी अधिकारीको टाउको, मुख र हातमा चोट लागेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र एसपी अधिकारीसहितको टोली बाढीले मुग्लिन पुलमा पुर्याएको क्षतिको निरीक्षण गरेर फर्किदै गर्दा आज साँझ दुर्घटना भएको हो। яндекс