मलेसियामा को’रोनाले आज एकैदिन ७३ जनाको मृत्यु, नयाँ संक्रमित ५,१५० फेला

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर ( मलेसिया )

मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार २६ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ४,१४२ जना पुगेको छ।

यहीँ मिति सन् २०२१ , जुन , १६ तारिख , बुधबारको दिन कोरोनाको कारण थप ७३ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या ४,१४२ जना पुगेको हो।

आज मात्रै पुनः ५,१५० जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ७,२४० जना निको भएसंगै जम्मा ६ लाख ९ सय ३५ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

हालसम्म ६७ हजार ९४९ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने ९२४ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको मन्त्रालयको तथ्यांकले देखाउछ।
कोरोना संक्रमणलाई थप फैलिन नदिन र संक्रमणलाई नियन्त्रण गर्नको लागी मलेसिया सरकार ले मलेसियामा यहीँ महिना जुन १ तारिखदेखि २८ तारिखसम्मको लागि कडाइका साथ पुरै देशव्यापीनै एमसिओ ३.० (लकडाउन) जारी,लागू गरेको छ।

साथै कोरोना संक्रमितको सङ्ख्या उच्च रहेको नेपालसंगै विभिन्न २५ वटा अन्तर्राष्ट्रिय देशहरुबाट आउने आप्रवासी नागरिक,मानिसहरुलाई मलेसिया प्रवेशमा पुर्ण रुपमा प्रतिबन्ध, रोक लगाएको छ।