मलेसियामा हवाई उडान अनुमति दिदै सरकार

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३ असार ।

धेरै दिन देखि बन्द रहेको मलेसिया नेपाल हवाई उडान फेरी सूचारु हुने भएको छ । हवाई उडान सुचारु हुने देशहरुमा कतार, जापान, साउदी अरब पनि रहेका छन् । नेपाल फर्किने प्रत्येक नागरिकले १५ दिनको क्वारेन्टाइन बस्नु पर्नेछ जसमा श्रमिकहरुले भने ५ दिनको पैसा तिरे पुग्छ भने १० दिनको क्वारेन्टाइन खर्च सरकारले बेहोर्ने भएको छ ।

यहि बुधबार कोबिड–१९ निर्देशक समितिको बैठकले बिभिन्न निर्णयहरु गर्ने क्रममा मलेसिया लगायतका देशहरुमा हवाई उडान सूचारु गर्ने भनेता पनि कहिलेबाट सुरु गर्ने भन्ने चाहि बताएको छैन । यस बिषयमा नेपाल एम्बेसी मलेसियाबाट हालसम्म आधिकारीक रुपमा कुनै पनि सूचना जारी भएको छैन ।

यस उडानले झन्डै एक महिनादेखि आफ्ना सम्झौता सकेर वा छुट्टीका लागि नेपाल फर्किनुपर्ने र नेपालबाट साउदी आउनुपर्नेहरुका लागि राहत मिल्ने छन् । यसअघि जुन महिनाबाट कतार हुँदै नेपाल फर्कन हवाई उडान रहेको नेपाली दूतावासले सूचना निकालेका थियो । उक्त उडान झन्झटिलो र खर्चिलो हुनेभएकोले नेपालीहरू नियमित सीधा उडानको पर्खाइमा छन् ।

नेपाल सरकारलेले कोरोना रोकथामका विधि अपनाई नियमित उडान गरेमा रोजगारीका लागि साउदी आउने र आफ्ना करार अवधि सकिएर वा छुट्टी जानेहरूका लागि राहत हुने यहास्थित विभिन्न नेपाली संघसंस्थाहरुको भनाइ छ ।

त्यसैगरी साउदीस्थित केही संघसंस्थाले भने विज्ञप्ति जारी गरेर चार्टर उडानभन्दा नियमित खुलाउन नेपाली दूतावास मार्फत नेपाल सरकारको ध्यानाकर्षण गरेको छ । यस्तै यहाका विभिन्न संघसंस्थाका पदाधिकारीहरुले भने सामाजिक संजालमा चार्टर उडानको बिरोध गरेका छन् ।