सिन्धुपाल्चोक अपडेटः मुख्य प्रभावित हेलम्बु गाउँपालिकामा न राहत, न राज्य !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३ असार ।

हिजो साँझ इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजारमा रहेको आमा ह्याल्मो यातायातको बस पार्क क्षेत्र पुरै बगरमा परिणत गराइ दियो । अर्थात् हेलम्बु पुग्ने मुख्य सडक मेलम्चीमै अवरुद्ध भयो ।

मेलम्चीसम्म यातायातको साधन पुग्न सक्छन् । तर बाढीको मुख्य प्रभावित हेलम्बु गाउँपालिकाको तिम्बु, किउल, गणेशे बगर, चनौटे, ग्याल्थुम लगायतका क्षेत्रका प्रभावित भने पुरै बेवास्तामा परेका छन् ।

ती क्षेत्रमा करिब १४० घरधुरी विस्थापित हुन् पुगेको बताइएको छ । यद्यपी आधिकारिक विवरण सरकार निकायले अझै सार्वजनिक गरेको छैन् । त्यहाँका जनता अहिले घरबार बिहिन भएर राहतको आशमा छन् ।

एमाले नेता हस्त पण्डितको भनाई अनुसार फोन सम्पर्क टुटेको छ । चनौटे बजार नदीले तीव्र रूपमा कटान गरिरहेको छ । बाढीबाट जोगाएको सामान पनि चो’रले चोरिरहेको र सुरक्षा निकायको उपस्थित छैन् ।

त्यसैले राज्यले सबै ठाउँमा चाँसो दिन आवश्यक छ । मेलम्चीसम्म पैदल मार्गबाटै राहत र उद्धार गर्न सकिन्छ । हेलम्बुमा हेलिकप्टर मार्फत राहत पुर्याउन आवश्यक छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद शेर बहादुर तामाङले आज बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत हेलम्बु क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

उहाँका अनुसार हेलम्बुको भ्रातेकतेक, नाकोते, चोक्पु भन्दा ५०० मिटर माथी भिषण पहिरो खसेको छ । योभन्दा माथी पनि पहिरो गएको छ ।