भाडा बढी असुलेको भन्दै चार्टर्ड उडान बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सुझाब

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

नेपालदेखि विभिन्न अन्तर्राष्ट्रिय मुलुकको लागि हुँदै आएको चार्टर्ड उडान बन्द हुने भएको छ ।

चार्टर्ड उडानमा विदेश जाने यात्रुहरुसँग धेरै भाडा लिएको उजुरी पर्न थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर्ड उडान बन्द गरेर नियमित उडान खुलाउन लागिएको मन्त्रालयले जनाएको छ।

‘विभिन्‍न मुलुक गएका यात्रुले हामीलाई विभिन्‍न माध्यमबाट गुनासो गरेपछि चार्टर्ड बन्द गरेका हौँ,’ मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी भन्छन्,’ मन्त्रालयको नीतिमा चार्टर्ड उडान प्राथमिकता छैन ।’ विदेश जान टिकट खरिद गर्दा ट्राभल एजेन्सीले तोकेको भाडादरभन्दा बढी लिएमा नाम तोकेर प्रहरी कार्यालयमा जाहेरी दिन सक्ने अधिकारीले बताए । यात्रु बोक्ने गरी चार्टर्ड नभएको र स्वास्थ्य सामग्री बोक्नका लागि मात्र चार्टर्ड उडान अनुमति दिएको उन उनको भनाइ छ।

आगामी सातादेखि थप तीन मुलुकका लागि नियमित उडान सुचारु हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सीसीएमसीलाई अन्य मुलुककका लागि पनि नियमित उडान खुलाउन प्रस्ताव गरेको छ । सीसीएमसीले मन्त्रिपरीषद्को‍ बैठकमा उडान खुलाउने प्रस्ताव लगेमा उडान नियमित हुने अधिकारी बताउँछन्

सोही अनुरुप पहिलो चरणको नियमित उडान यहीँ जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको थियो । अबदेखि मलेसिया, युएई र साउदी अरबका लागि पनि नियमित उडान खुलाइने प्रवक्ता अधकारीले जानकारी दिनुभयो।

‘विभिन्न समयमा वैदेशिक रोजगारमा गएका मानिसहरू कोभिडका कारण अलपत्र परेकाले सहज उद्धार गर्नुपर्ने भएकाले पनि नियमित उडान प्राथमिकता राखिएको हो,’ साथै नियमित उडान नहुँदा धेरै नेपाली श्रमिकहरू विदेशमा अलपत्र परेको विदेशस्थित दूतावसाले गुनासो गरेपछि नियमित उडान खोलिएको उनले बताए।