कतार, मलेसिया र इस्तानबुलको उडान संचालन गर्ने सरकारको निर्णय

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

तीन देशको लागि अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषदको बैठकबाट इस्तानबुल,कतार, मलेसिया सहितका देशको उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको हो ।

ती देशहरूमा लगातार उडान नगरी फरक फरक दिनमा उडान सुचारु गर्ने निर्णय भएको एक मन्त्रीले बताउनुभयो । त्यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिलाको सुरक्षाका लागि टोल फ्री नम्बरलाई व्यवस्थित गर्ने निर्णय गरेको छ।

कुनै पनि महिलालाई कहीं कतै कसैले दुर्व्यवहार गरे ४ अंकको उक्त टोल फ्री नम्बरमा गुनासो गरे तत्काल उद्धार सहित दोषीलाई कारवाही गर्ने उक्त नम्बरलाई थप व्यवस्थित गर्न निर्णय गरिएको हो।

आगामी सातादेखि थप तीन मुलुकका लागि नियमित उडान सुचारु हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सीसीएमसीलाई अन्य मुलुककका लागि पनि नियमित उडान खुलाउन प्रस्ताव गरेको छ । सीसीएमसीले मन्त्रिपरीषद्को‍ बैठकमा उडान खुलाउने प्रस्ताव लगेमा उडान नियमित हुने अधिकारी बताउँछन्।

सोही अनुरुप पहिलो चरणको नियमित उडान यहीँ जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको थियो । अबदेखि मलेसिया, युएई र साउदी अरबका लागि पनि नियमित उडान खुलाइने प्रवक्ता अधकारीले जानकारी दिनुभयो।

‘विभिन्न समयमा वैदेशिक रोजगारमा गएका मानिसहरू कोभिडका कारण अलपत्र परेकाले सहज उद्धार गर्नुपर्ने भएकाले पनि नियमित उडान प्राथमिकता राखिएको हो,’ साथै नियमित उडान नहुँदा धेरै नेपाली श्रमिकहरू विदेशमा अलपत्र परेको विदेशस्थित दूतावसाले गुनासो गरेपछि नियमित उडान खोलिएको उनले बताए। उडान तालिक वायुसेवा निगमले भोलि प्रकाशीत गर्ने जनाइएको छ ।