कोटेश्वर वार्ताले ओलीलाई दिएको सन्देश के हो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ असार ।

सत्तारुढ नेकपा एमाले एकताका लागि प्रयासरत छ । एमालेको ओली र माधवकुमार नेपाल समूह पार्टी एकताको पक्षमा रहेको दाबी गर्दै आएका छन् । तर, भएका वार्ता र छलफल उपलब्धीमूलक भएको देखिँदैन ।

गत जेठ २३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै सार्वजनिकरुपमा गरेको ६ बुँदे प्रस्तावलाई नेपाल समूहले अस्वीकार गरेको थियो । उसले सो प्रस्तावलाई झालझेलको संज्ञा दिएको थियो ।

र पनि दुवै समूह पार्टी एकताको पक्षमा रहेको दाबी गर्दै आइरहेका छन् । पार्टी एकताका लागि एकअर्काे समूहलाई जिम्मेवार नभएको आरोप लगाउँदै आएका छन् । आन्तरिक विवाद र खिचातानीले गण्डकी सरकारबाट एमालेले हात धुनु परेको छ । प्रदेशमा दुवै समूहबीच एकताको संकेत देखिए पनि केन्द्रमा नेताहरु मिलिहाल्ने देखिँदैन ।

ओली समूहले नेपाल समूहको माओवादीसँगको एकता अघि अर्थात २०७५ जेठ २ को अवस्थामा पार्टीलाई लैजानु पर्ने माग ओली समूहले पूरा गरिहाल्ने देखिँदैन । एकअर्काप्रति बढेको विश्वास कम गर्न दुवै समूह जिम्मेवार बन्न सकेका छैनन् ।