नेपाल र साउदी नियमित हवाई उडान सुचारु गर्न नेपाली साझा मन्च साउदीद्वारा अपिल

हाम्रो सन्देश संवाददाता

रियाद , १ असार ।

नेपाली सांझा मंच साउदी अरब द्वारा नेपाल र साउदी अरब बिच नियामित हवाई उडान गर्नको लागि विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई हार्दिक अपिल गरेका छन् ।

देशका लागि केहि गरौ भन्ने मूल नाराका स्थापना भएका नेपाली साझा मंचले नियमित हवाई उडान सुचारु गरी सहुलियत भाडा दरमा हवाई टिकटको प्रबन्ध गरी प्रवासी श्रमिकहरु लाई सरकार रहेको अनुभुती दिलाई दिनु हुन नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।

नेपालबाट साउदी अरब आउने ले रू. १ लाख ७० हजार नतिरि टिकट नै नपाउने तथ्यले साउदी अरब आउनै पर्ने नेपाली श्रमिकहरुलाई अति नै आर्थिक मारमा पारेको छ। साउदी आउने श्रमिकहरुलाई साउदी सरकारले तोकेको भ्याक्सिन पिफाइजर, अस्ट्राजेनेका, मोडेर्ना र जेन्सन एण्ड जेन्सन तुरुन्त उपलब्ध गराउन सकेको खण्डमा नेपाली श्रमिकहरु लाई एक लाख नेपाली रुपैयाँ को साउदीमा होटेल क्वारेन्टाइन बापत खर्च बचिने छ । त्यसैले उक्त रकम बचाई दिनको लागि प्रधानमन्त्री तथा नेपाल सरकारको संबंधित निकायहरुलाई नेपाली सांझा मंचद्वारा ध्यानाकर्षण गराएको छ ।

प्रेस विज्ञप्ति

श्री दिलीप पौडेत ज्यु नियोग उप प्रमुख नेपाली राजदुतावास रियाद , साउदी अरब

विषय : उडान तथा कोरोना खोपको सम्बन्धमा

उपरोक्त सम्बन्धमा खाडी मुलुकको सबैभन्दा अधिक नेपाली श्रमिकहरुको गन्तव्य रहेको देश साउदी अरेबिया नेपाली श्रमिकहरुको सङ्ख्याको आधारमा पनि सबैभन्दा धेरै लगभग ३ लाख ५० हजार रहेको देशमा नेपाल र साउदी बिच नियमित उडान नहुनु दुःखद रहेको छ । काभिड -५ ९ को कारण देखाइ बन्द गरिएको विमान सेवाको कारण बिदामा रहेका श्रमिकहरू र नयाँ भिसा प्राप्त गरी सकेका श्रमिकहरुको रोजगारी गुम्ने अवस्था छ रहेकोले राज्यले प्राप्त गर्ने रेमिट्यान्समा पनि हास आउने निश्चित देखिन्छ ।

वर्तमान अवस्थामा विदामा रहेका श्रमिकहरू नेपालबाट साउदी अरेबिया आउन १ लाख ७० हजार रूपैयाँ सम्म तिर्नु साथै टिकट नै नपाउने तथ्यले साउदी अरेबीया आउने पर्ने नेपाली श्रमिकहरुलाई उल्लेखनीय रूपमा आर्थिक भार परेको देखिन्छ तसर्थ नेपाली दुतावास र साउदी सरकार बीच कुटनैतिक स्तरमा वार्ता गरी साउदी सरकारले तोकेको कोरोनाको दुबै डोजको खोप श्रमिकहरुको लागि नेपाल सरकारले व्यवस्था गरि साउदीमा कारेन्टाइन खर्च कटौती भइ श्रमिकलाई राहत मिल्नुको साथै साउदी गन्तव्य भएका श्रमिकहरुलाई साउदी सरकारले तोकेको भ्याक्सिन पिफाइजर , अस्ट्राजेनेका , मोडेर्ना र जोन्सन एण्ड जोन्सनहरुमध्ये कुनै एक खोप तुरुन्त व्यवस्था गराइ साउदीमा होटल कारेन्टाइन खर्चवापत हुने श्रमिकहरुको न्युनतम एक लाख नेपाली रुपेयाँ बधाइ दिनुहुन प्रधानमन्त्री बिभागिय मन्त्रालयहरु तथा सम्बनिधत निकायहरुमा अनुरोध गर्दछौं ।

कोभिड -१ ९ को नियममा रही नेपाल र साउदी सरकारको नियम पालना गरि नेपाल – साउदी निपमित हवाई उडान सुचारु गरी सहुलियत भाडा दरमा हवाई टिकटको प्रबन्ध मिलाइ प्रवासी श्रमिकहरुलाई सरकार रहेको अनुभुती दिलाई दिनु हुन नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाई अनुरोध साथै धयानाकर्षण गराउन चाहन्छौं ।

बोधार्थः प्रधानमन्त्रीको कार्यालय वातुवाटार काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय , सिंह दरवार , काठमाण्डौ । पराराष्ट्र मन्त्रालय , सिंह दरबार काठमाण्डौ बम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय , सिंह दरबार काठमाण्डौ

अन्जान गुभाजु – उपासंयोजक/ अकल प्रधान – संयोजक/ नेपाली साझा मंच राष्ट्रिय समन्वय समिति साउदी अरेविया/नेपाली साझा मंच राष्ट्रिय समन्वय समिति