आन्तरिक उडान सुचारु गर्नेगरि मन्त्रिप’रिषदमा प्रस्ताव लगियो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३१ जेठ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरियाले आन्तरिक उडान सुचारु गर्नेगरि मन्त्रिपरिषदमा प्रस्ताव लगेका छन् ।

पछिल्लो समय विमान सञ्चालकहरुले तत्काल उडान सुचारु गर्न सरकारसमक्ष आग्रह गरिरहेका छन् । नवनियुक्त पर्यटनमन्त्री अरगरियाले पनि स्वास्थ्य–सुरक्षाका सम्पूर्ण प्रोटोकल फलो गरेर

आन्तरिक उडान सुचारु गर्न सकिने भन्दै सोहीअनुसार मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको बुझिएको छ ।
सरकारले आगामी असार ७ गतेसम्म निषे’धाज्ञा कायम राखेको छ । भोलिबाट एक साताको लागि थपिएको नि’षेधाज्ञा अलिक खुकुलो बनाईएको छ ।

पछिल्लो समय को’रोना सं’क्रमण दर पनि घटेको अब आन्तरिक उडान सुचारु गर्नुपर्ने आग्रह आएकोले मन्त्री अरगरिया यसमा सहमत भएका हुन् ।

लामो समयदेखि उडान सेवा स्थगित् गरिएकोले विमान सञ्चालकहरुपनि मारमा परेका छन् । उता, यातायात व्यवसायीहरुले पनि हवाई उडान सुचारु गरिए आफूहरुले पनि यातायात सञ्चालन गर्ने बताउँदै आएका छन् ।