अन्तराष्ट्रिय उडान सुरु, आज ५ अन्तराष्ट्रिय उडान भए (तालिका सहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं।

कोरोना महामारीको कारण अन्तराष्ट्रिय उडान प्रभावित छन् । यस क्रममा दैनिक निश्चित चार्टर्ड, नियमित र कार्गो उडानहरु भईरहेका छन् ।

नागरिक उड्ययन प्राधिकरणको जानकारी अनुसार अहिले अन्तराष्ट्रिय उडान तर्फ सबैभन्दा धेरै उडानहरु कार्गो अन्तर्गत रहेका छन् । त्यस्तै एक साता यता सरकारको निर्णय अनुसार निश्चित नियमित उडानहरु पनि हुन थालेका छन् । नियमित उडानहरुतर्फ सातामा एक उडान टर्की र दोहाको उडान हुन थालेको छ । दोहाको लागि नेपाल एयरलाइन्स र कतार एयरवेजको उडानलाई अनुमति दिईएको छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जानकारी अनुसार सनिबार अन्तराष्ट्रिय तर्फ ५ उडान भएका छन् । जस अन्तर्गत हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको कार्गो उडान भएको छ । त्यस्तै तुर्किस एयरलाइन्सको चार्टर्ड उडानबाट ३६ जना नेपाल आएका छन् । त्यस्तै लन्मेई एयरलाइन्स र स्पाइस जेट लिमिटेडको कार्गो उडान भएका छन् ।

आइतबार (आज) दोहा-काठमाडौँ-दोहाको चार्टर्ड उडान हुँदैछ । यस बाहेक सान मारिनो एक्जुटेभ एयरलाइन्सले कार्गो उडान भर्दैछ भने ट्यारोल एयर एम्बुलेन्सले जर्जिया-काठमाडौँ उडान भर्दैछ । तयस्तै हिमालय एयरलाइन्सले कार्गो उडान भर्दैछ ।