नेपालसहितकाे एमाले एकता गर्ने मिति तोकियो, यस्तो ठोकुवा गरेपछि नेताकार्यक्रतानै तरंगित

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३१ जेठ ।

नेकपा एमालेले असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल र झलनाथ खनाल समुहको पनि सहभागिता गराउने गृहकार्य अघि बढाएको छ ।
नेकपा एमाले स्थायी कमिटी सुवास नेम्वाङका अनुसार नेपाल पक्षलाई पनि सहमतीमा ल्याएर बैठकमा सहभागी गराउने गृहकार्य अघि बढेको छ । ‘दुई गते आउन अझै तीन दिन बाँकी छ । यसबीचमा टुंग्याउनु पर्ने कुराहरु पनि धेरै छन, आशा छ हाम्रो प्रयाश सफल हुन्छ,’नेम्वाङले भने । उनले नेताहरुसँग अहिले पनि अनौपचारिक कुराकानी भइरहेको जानकारी दिए।

प्रदेशहरुमा नीति कार्यक्रम पास गर्नका लागि एमालेका साँसदहरु एकै ठाउँमा उभिएका दृष्यले पनि केही न केही संकेत गरेको बुझ्नु पर्ने नेम्वाङको भनाइ छ । ‘धेरै कुरा मिलेका छन् ।

नमिलेका कुरातिर नजाँउ । तिनीहरु पनि मिल्दै जान्छन,’ नेम्वाङले भने ‘मिलेका कुराको नतिजा प्रदेशमा, संघीय सरकारमा छिटफुट देख्न थाल्नुभएको छ । बाँकी कुरा पनि मिलाउने कोशिष जारी छ। ’

यसैबीच, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०७५ जेठ २ गतेको स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । पार्टी भित्रको विवाद बढ्दै गएपछि ओलीले जेठ २ गते कायम रहेको कमिटीको बैठक बोलाउने तयारी गरेका हुन् ।

बैठक बोलाउने तयारी भएपछि अहिले माधव नेपाल समूहसँग नेताहरु निरन्तर छलफलमा रहेका छन् । बैठकमा नेपाल र झलनाथ खनाललाई पनि सहभागी गराएर एकताको सन्देश दिने उद्देश्यले बैठकको आह्वान भएको बुझिएको छ । तर नेपाल—खनाल सहभागी हुने निश्चित भइसकेको छैन् ।

ओलीले यसअघि आह्वान गरेको ६ बुँदे प्रस्तावअनुसार बैठक बोलाउन तयारी गरेको ओली निकट नेताहरुको भनाइ छ । तर नेपाल समूहका नेतहरु कारवाहीमा परेको अवस्था कायमै रहेकाले बैठकमा सहभागी हुने नहुने भन्ने विषयमा टुंगो लागेको छैन् ।

ओलीले नेपाल–खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका थिए । ६ बुँदे प्रस्तावमार्फत ओलीले गरेको आह्वानलाई पनि नेपाल समूहले ६ बुँदे शर्तसहित अस्वीकार गरेको थियो ।

यसैबीच आज बैठक आह्वानको पूर्णसन्ध्यामा नेताद्वय बामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता भएको छ । गौतम निवासमा भएको भेटमा उनीहरुबीच एकतालाई कसरी सम्भव बनाउने भन्ने विषयमा कुराकानी भएको थियो ।

प्रदेश सरकारमा आफ्नो पकट कमजोर हुँदै गएपछि कमजोर महसुस गरिरहेको एमाले अहिले कुनै पनि हालतमा मिल्नुपर्ने पक्षमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि जेठ २ मा फर्कन लचिलो बनेका छन् । सोही विषयमा छलफल गर्न पौडेल गौतमलाई भेट्न पुगेका हुन् । इमान्दार मेडिया बाट साभार