नेपालले पुनः नेदरल्याण्ड्ससँग खेल्ने सम्भावना

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० जेठ ।

त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि स्पेन जानुअघि नेपालले नेदरल्याण्ड्सँग अभ्यास म्याच खेल्ने सम्भावना बढेको छ ।

नेपाल आउँदो जुलाईमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्याण्डसँग सिरिज खेल्न स्पने जाँदैछ । स्पेन जानुपूर्व नेपालले नेदरल्याण्ड्ससँग अभ्यास म्याच खेल्न सक्ने भएको हो ।

क्याननिकट स्रोतलाई उदृत गर्दै हाम्रो खेलकुद डटकमले स्पेन जानुअघि नेपालले नेदरल्याण्ड्सँग अभ्यास म्याच खेल्ने सम्भाना धेरै रहेको लेखेको छ ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

‘क्यान निकट उच्च स्रोतका अनुसार नेपालले स्पेन भ्रमणअघि नेदरल्यान्ड्समा गएर अभ्यास गर्ने सम्भावना धेरै छ । क्यानले अभ्यासको लागि विदेशी टोलीलाई पत्रचार गरि सकेको छ,’ समाचारमा उल्लेख गरिएको छ ,‘जसमा मुख्य प्रयास र पहिलो रोजाईमा नेदरल्यान्ड्स छ। लामो समय क्वारेन्टाइन बस्नु परेन भने नेपाल नेदरल्यान्ड्समा अभ्यास खेल खेलेर स्पेनतर्फ लाग्ने छ । नेपालले नेदरल्यान्ड्सको प्रमुख टोलीसँग अभ्यासको लागि माग गरेको छ ।’

नेपालले २०२० को फेब्रअुरीपछि एकदिवसीय म्याच खेल्न पाएको छैन । २०२० मा नेपालले ओमान र अमेरिकासँग सिरिज खेलेको थियो। सो सिरिजमा नेपालले अमेरिकासँग जित हात पार्दा ओमानविरुद्ध भने दुवै खेलमा हारको सामना गरेको थियो ।

त्यसयता नेपालले एकदिवसीय सिरिज खेल्न पाएको छैन । कोरोनाका कारण नेपालले खेल्ने सिरिज पटकपटक स्थगित हुँदै आएका छन्।

कोरोनाका कारण स्टकल्याण्डमा हुने सिरिज पनि स्पेनमा हुँदैछ । यो सिरिज जुलाई तेस्रो साता हुनेछ । यद्यपि, क्यानले खेल तालिका सार्वजनिक गर्न बाँकी छ ।