काठमाडौं, ३० जेठ ।
गत वैशाख १६ देखि निषेधाज्ञा लागू काठमाडौं उपत्यकामा यसको अवधि अरू १५ दिनसम्म बढाउने तयारी गरिएको छ। यसबारे निचोडमा पुग्न आज तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ।
जारी निषेधाज्ञा सात देखि १५ दिनसम्म थप गर्ने निष्कर्षमा पुगेको प्रजिअ भट्टराईले बताए । भोलि राती सोमबारबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने निष्कर्षमा बैठक पुगेको हो । आज दिउँसो बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय सार्वजनिक गर्ने बताइएको छ । अव थपिने निषेधाज्ञामा हार्डवेयर पसल कुनै समय खोलन दिने बारे छलफल भएको छ ।
भने यसै गरी किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न दिएकोमा अव विहान ११ बजे सम्म खोल्न दिने भन्ने विषयमा छलफल भएको प्रजिअ भट्टराईले बताए ।तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल पनि केही समय थप हुन सक्ने भएको छ ।
निजी तथा सार्वजनिक निर्माणको काम गर्न यस अघि दिइएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । थप निषेधाज्ञामा यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड कडा रूपमा पालना गरी निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने दिने कि भन्नेमा पनि छलफल भइरहेको छ।
जनजीवनलाई सहज बनाउँदै लानुपर्ने’ भएकाले निश्चित क्षेत्रलाई खोल्दै लैजाने प्रमुख जिल्ला अधिकारीहरुले तयारी गरेका हुन् । गृह प्रशासनले असार पहिलो साताबाट सवारीसाधनसमेत जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिने तयारी गरेको थियो । तर स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्यसमा असहमति जनाएका छन् ।
हुन त छलफल सकिएको छैन, यद्यपि यातायातको विषयमा कुनै निर्णय नहोला,’ काठमाडौंका सीडीओ पराजुलीले भने । तर खाद्यान्नका पसल खोल्ने समय बढाउने विषयमा सीडीओहरु एकमत छन् । त्यस्तै, अन्य व्यवसायलाई पनि बार अनुसार खोल्न दिने विषयमा छलफल भइरहेको छ ।