काठमाडौं, ३० जेठ ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आज शुक्रबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँ घटेकोको छ । ।
नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो भने तेजावी सुन ९४ हजार रुपैयाँ तोलामा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।