मलेसिया बाट नेपाल फर्कनेहरुका लागि आयो यस्तो सूचना

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ जेठ ।

मलेसियाबाट स्वदेश फर्कन चेक आउट मेमो लिइसकेका तर उडान बन्द हुँदा रोकिएकाहरू उडान खुलेपछि सजिलै स्वदेश फर्कन सक्ने भएका छन् ।

फेसबुक लाइभमार्फत चेक आउट मेमो लिइसकेर पनि उडान बन्द हुँदा स्वदेश फर्कन नपाएकाहरू उडान खुलेपछि सजिलै जान सक्ने मलेसियामा रहेको नेपाली दूतावासले बताएको छ ।

कोरोना स’ङ्क्र’मण रो’कथा’मका लागि सरकारले उडान बन्द गर्दा घर फर्कन चेक आउट मेमो लिएर पनि फर्कन नपाएको अव’स्था छ । दूतावासका अनुसार चेक आउट मेमोको मिति सकिए पनि उडान बन्द भएको कारण रोकिएकाहरू उडान खुलेपछि पुरानै चेक आउट मेमोमार्फत नै स्वदेश फर्कन सकिने छ ।

यस्तै दूतावासका अनुसार, भिसा सकिएका श्रमिकले कम्पनीसँग अनुरोध गरेर स्पेसल पास पनि बनाउन सक्नेछन् ।

भिसा सकिएको छ तर घर फर्किने चेक आउट मेमो लिएको छैन भने पनि कम्पनीसँग अनु’रोध गरी पास लिन सकिन्छ । मलेसियामा पछिल्लो समय कोरोना स’ङ्क्र’मण बढ्दै गएको छ ।