मलेसियामा हृदयघात कारण एक नेपाली श्रमिकको मृत्यु।

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर (मलेसिया), २९ जेठ ।

मलेसियामा सुरक्षागार्डमा कार्यरत पुनः एक नेपाली श्रमिकको मृत्यु भएको छ।

नेपाल सुन्दरपुर .६ मोरङ घर भएका टेक बहादुर विश्वकर्माको छोरा सुरक्षागार्डमा कार्यरत कीर्तिमान विश्वकर्माको २७ बर्षको उमेरमा अल्पआयुमै हिजो शुक्रबार बिहानको समयमा मृत्यु भएको हो।

मलेसियाको सुबाङ भन्ने ठाउँमा ईपिसी सेक्युरिटी सर्भिस एसडिएन बिएचडी नामक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि काम गर्दै आएका नेपाली श्रमिक कीर्तिमान विश्वकर्माको काम गर्ने ठाउँमै कुर्सीमा बसिरहेकै बेला हृदयघात (herat attack) आएको कारणले मृत्यु भएको मलेसिया स्थित नेपाली दूतावासले बताउनुभएको छ।

मृतक विश्वकर्मा सो सेक्युरिटी कम्पनीसंग वैधानिक रुपमै आबद्ध रहि बिगत ३ बर्षदेखि सुरक्षागार्डमा काम गर्दै आएका थिए। अहिले मृतकको शव पोस्टमार्टमको लागि अस्पतालमा लगिएको दूतावासले बताएको छ।

त्यस्तै केहि दिन अगाडि मात्रै मलेसियामै पोर्ट केलाङ भन्ने ठाउँमा एक कम्पनीमा अवैधानिक हैसियतमा सुरक्षागार्डमै काम गर्दै आएका खोटाङ जिल्ला निवासी कृष्ण कुमार राईले आफ्नो घाटीमा पासो लगाएर झुन्डिएर आत्महत्या गरेको थियो। मलाया खबर न्युज डेस्क