ज्ञानेन्द्र शाहीको समूहमाथी मध्यरातमा आक्रमण गर्ने ५ युवा पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ जेठ ।

१० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा निस्केका कलाकार तिलक बस्नेत , अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी शुक्रवार मध्यरातमा निर्घात कुटपिट भएको कुरा सामाजिक संजाल मार्फत कलाकार तिलक बस्नेतले सार्वजनिक गर्नुभएको छ ।

उनले लेखेका छन : “समय रातिको १० बजे करे खोलामा कुटपिट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ
तर ग्यानेन्द्र साही बसेको गाडि तोडफोड र आकर्मण भयो भग्वान बचाइदेउ ।

आक्रमणको खबर सुन्ने बित्तिकै विद्यार्थी नेता तथा सामाजिक अभियान्ता राउटे बस्तिमा खाद्यान्न दिन बिरेन्द्र्नगर सुर्खेत पुगेका हेमराज थापा,ज्ञानेन्द्र शाहिलाई आक्रमण भएको थाहा पाएपछी,सुर्खेतका ३० जना युवाको टोलि लिएर घट्नास्थ पुगेर स्वास्थ्य अबस्था बुझेका छन ।

यसैगरी गएराती नै आक्रमण गर्ने ५ जना लाई नेपाल प्रहरिले पक्राउ गरिसकेको छ । शाहीको समूह का थुप्रै ब्यक्तिहरु माथी चोट र निल डाम रहने गरि कुटिएका छन । अहिले उनिहरुको उपचारका कर्णाली प्रदेश अस्पतालमा भैरहेको छ । यो घटना शुक्रवार राती १० बजे भएको हो ।