प्रहरीको भ्यानले ठक्कर दिँदा युवकको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २८ जेठ ।

बिहीबार राति १२ बजेतिर प्रहरीको भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दाङको राप्ती गाउपालिकास्थित लालमटियामा लु अ च ५३३४ नम्बरको भ्यानले भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

भ्यानले ठक्कर दिएपछि मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परी अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञामा अटेरी गर्दै आएको टिपरले लियो एक जना को ज्यान

गजुरी गाउँपालिका–६, जहरेखेतमा आज सवारी दुर्घटना हुदाँ एक जनाको मृ,त्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत गाउँपालिकाको जहरेखेतमा टिप्पर र कार एक आपसमा ठो क्कि दा भएको दुर्घटनामा एक जनाको मृ,त्यु भएको हो ।

मृ,त्यु हुनेमा कार चालक दोलखा मेलुङ गाउँपालिका–१० का प्रकाश अधिकारी छन् भने घाइते हुनेमा कारमा सवार तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का ४० वर्षीय दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]