सम्पर्कविहिन भएका मन्त्री मनाङे यस्तो अबस्थामा भेटिए

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २७ जेठ ।

आज बिहानदेखि सम्पर्कविहिन गण्डकीका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे भेटिएका छन् । कास्की प्रहरीले छापा मारेपछि बर पिपल रिसोर्टमा उनी भेटिएका हुन् । उनी हराएपछि कास्की प्रहरीले व्यापक खोजी गरिरहेका थिए । दीपक मनाङे भनेर चिनिने मन्त्री राजीव गुरुङ बेपत्ता हुनु र अर्का गुण्डागर्दी पृष्ठ भूमिकै गणेश लामा पोखरामा रहस्यम अवस्थामा भेटिनुले प्रहरी सशंकित भएको थियो । गणेश लामा फेलापरेपछि उनी बसेका स्थानमा प्रहरीले छापा मारेको थियो ।

नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

विहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले एमाले नेता खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेकी हुन् ।

त्यस्तै जसपाका नेता राजकिशोर यादवलाई उद्योग, बाणिज्य तथा आपूर्ति, बादलपत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि, माओवादी केन्द्र परित्याग गरेकी ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकास र नारदमुनि रानालाई वन तथा वातावरण मन्त्री नियुक्त गरेकी हुन् ।

त्यस्तै गणेशकुमार पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहन बानियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ । अब ओली नेतृत्वको मन्त्रिमण्डल २५ सदस्यीय बनेको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]