मानव सभ्यता भन्दा कैयौं गुणा विकशीत एलियन पुथ्वीको समुन्द्री गहिराईमा हुन सक्ने तथ्य

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

पृथ्वीका कैयौं स्थानहरुमा विभिन्न समयमा एलियन अर्थात अर्कै ग्रहका प्राणी र उनीहरुको यान देखिएको दावी गरिन्छ । पछिल्लो समय यो विषयको चर्चा धेरै भइरहेको छ किनकि अमेरिकाका खुफिया सरकारी अधिकारीहरुले युएफओ र एलियनको विषयमा गरेको समीक्षा रिपोर्ट लिक भएको छ । यो रिपोर्टमा पछिल्ला २० वर्षमा अमेरिकी नौसेनाले आकाशमा अज्ञात वस्तु देखेका १२० भन्दा धेरै घटनाहरुबारे उल्लेख छ ।

अब एलियनका यी विमानहरु पृथ्वीमा आएपछि कहाँ गायब हुन्छन् ? के यी हाइपरसोनिक विमान हुन् ? भन्ने विषयमा बहस केन्द्रित भएको छ । यही बीचमा इन्टरनेशनल कोलिसन फर एक्स्ट्राटेरेस्ट्रियल रिसर्च आइसीइआरका उपाध्यक्ष गेरी हेसेल्टाइनले एलियन अन्तरिक्षबाट नभइ समुद्रभित्रबाट आउने दावी गरेका छन् । २७ देशका युएफओ अनुसन्धानकर्ता र वैज्ञानिक सम्मिलित संस्था आइसीइआरका उपाध्यक्षको यो दावीले यस विषयमा अध्ययन गरिरहेका शोधकर्ताहरुमा तरंग ल्याइदिएको छ ।

यसअघि पुलिसमा रहेका बेला आफ्नो पूरै करिअर एलियन र यिनीहरुका गतिविधिबारे अध्ययन गर्ने क्रममा बिताएका हेसेल्टाइनले सैन्य पानीजहाजहरुको आसपास युएफओ देखिएका पछिल्ला भिडियो यी वस्तुहरुको उत्पत्तिको व्याख्या गर्न गेमभेन्जर हुने दावी गरेका छन् । पछिल्लो समय अमेरिकी नौसेनाको एक जहाज उडिरहेका वस्तुले घेरिएको देखिएको थियो । यो भिडियोका आधारमा शोधकर्ताहरु एलियनको बेस पानीमुनि हुन सक्ने विश्वासमा पुगेको हेसेल्टाइनले बताए ।

युएफओलाई कैयौं पटक पानीभित्र गएको र बाहिर आएको देखिएको बताउँदै हेसेल्टाइनले हाम्रो महासागरको गहिराइमा एलियन बेस हुन सक्ने आशंका भएको बताएका छन् । ‘सुन्दा निकै अनौठो लाग्छ तर हामी महासागरको बारेमा केवल ५ प्रतिशत मात्र जान्दछौं । हामी महासागरभन्दा धेरै चन्द्रमा वा मंगल ग्रहको सतहबारे जान्दछौं । त्यसैले मलाई यस्तो महसुस हुन्छ कि युएफओ अक्सर पानीभित्र जाने आउने गर्छन्’ हेसेल्टाइनले द सनसँग भने ।

गेरी हेसेल्टाइनले रोयल एयरफोर्स पुलिसको साथमा ६ वर्ष काम गरेका छन् । उनले ब्रिटिस ट्रान्सपोर्ट पुलिसमा २४ वर्ष काम गरेका छन् । २०१३ मा अवकाश पाएपछि उनी आफ्नो शोधमा केन्द्रित भएका छन् । पिरामिड युएफओको भिडियो जारी गर्ने फिल्म निर्माता जेरेमी कोरबेलका अनुसार अमेरिकी नौसेनाका जहाजहरुले झण्डमा देखेका शिल्प ‘ट्रान्समिडियम’ हो । यसको अर्थ तिनीहरु पानी र हावा दुवैमा काम गर्न सक्छन् ।

उनले भने ‘युएफओ भलै टाढाबाट आइरहेका होउन् तर प्रायः हामी तिनहिरुलाई निकै नजिकबाट आइरहेको देख्छौं । यो एक सम्भावना हो कि युएफओ पानीमुनि एक निश्चित स्थानबाट स्थानान्तरित भइरहेका हुन सक्छन् ।’ अमेरिकी नौसेना र वायु सेनाकर्मीहरुले खिचेका भिडियोहरु ठूलो संख्यामा आएपछि अमेरिकी कंग्रेसले आफ्नो लागि एक रिपोर्ट तयार गर्न खुफिया अधिकारीहरुलाई आदेश दिएको छ । यो रिपोर्ट यही महिना जारी हुँदैछ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]