काठमाडौंमा कोरोना खोप लगाउने काम बन्द

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २७ जेठ ।

काठमाडौं महानगरमा सञ्चालन भइरहेको कोरोनाविरुद्धको खोप लगाउने कार्य बीचमै स्थगित गरिएको छ।

जेठ २५ देखि काठमाडौं महानगरपालिकाका १ देखि ३२ सम्मकै वडाहरुमा चिनियाँ खोप ‘भेरोसेल’ लगाउन थालिएको थियो।

६० देखि ६४ वर्ष उमेर समूहमा लगाउन थालिएको यो चरणको खोप जिल्लालाई छुट्याइएको संख्या पुरा भएको भन्दै महानगरले स्थगित भएको सूचना सार्वजनिक गरेको हो।

अर्को सूचना जारी नभएसम्म जेठ २८ देखि खोप कार्यक्रम स्थगित गरिएको महानगरले जनाएको छ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]