(मलेसिया) क्वालालम्पुर, २७ जेठ ।
मलेसियामा सुरक्षागार्डको क्षेत्रमा कार्यरत एक नेपाली श्रमिकले झुन्डिएर आत्महत्या गरेको छ।
नेपाल ठेगाना खोटाङ जिल्ला रावावेसि गाउँपालिका वडा नम्बर.६ हौचुर डाडागाउँ निवासी २८ बर्षिय नेपाली युवा श्रमिक कृष्ण कुमार राईले मलेसियाको पोर्ट केलाङ भन्ने ठाउँमा अवस्थित एक कम्पनी परिसर भित्रै घाटीमा पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन।
कृष्ण कुमार राई मलेसिया रोजगारीमा आएको ३ बर्ष बितेपनि बिगत २ बर्षदेखि अवैधानिक हैसियतमा मलेसियाको बेरताम सेक्युरिटी सर्भिस एसडिएन बिएचडी नामक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि सुरक्षागार्डमा काम गर्दै आएका थिए।
जानकारी अनुसार कृष्णले हिजो मंगलबार बेलुकाको समयमा संगै सोही कम्पनीमा कार्यरत अन्य नेपाली साथीभाइहरुसंगै बसेर मद्यपान (रक्सी) सेवन गरि आफ्नो घरको पारिवारिक सदस्य आफ्नै श्रिमतीसंग केहि समय फोन कलमा भनाभन गर्दै झगडा गरिरहेको थियो। अच्चानक आज बिहान करिब ०४:०० बजेको समयमा घाटीमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको सोही कम्पनीमा कार्यरत नेपाली कामदारले जानकारी दिनुभयो। स्थानीय प्रहरीले अहिले मृतक कृष्णको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा लगिसकेको जनाएको छ।
यो संगै मलेसियामा पछिल्लो समय विभिन्न कारणले ज्यान गुमाउने नेपालीको सङ्ख्या ३६ जना पुगेको छ।
कोरोना भाइरसको संक्रमण बढेको भन्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्दा मलेसियामा मृत्युु भएका ती ३६ वटा मृत नेपालीको शव स्वदेश फर्काउन नसकिएको मलेसिया स्थित नेपाली दूतावासको भनाइरहेको छ।
नेपाल सरकारको बेवास्ताको कारण मृतकको शव मलेसियाकै अस्पतालमा अड्किएर अलपत्र अवस्थामा रहेका छ्न, भने रोजगारदाता कम्पनी संगको श्रम सम्झौता सकिएर,भिसा सकिएर स्वदेश फर्किने तयारीमा रहेका अन्य हजारौंहजार नेपाली श्रमिक समेत अलपत्र परेको छ। तर नेपाल सरकार मलेसियादेखि नेपाल काठमाडौं सम्मको अन्तर्राष्ट्रिय हवाई उडान खुलाउन कुनै निर्णय, चासोनै देखाएको छैन,मौन बसेको छ।