राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको भेट सकियो, के-के भयो छलफल ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ जेठ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेट सकिएको छ । राष्ट्रपतिसँग भेट गर्न साँझ प्रधानमन्त्री ओली शीतलनिवास गएका हुन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको नियमित भेट भएको जनाइएको छ । राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार बुधबार बेलुका ७ बजेर ३० मिनेटमा प्रधानमन्त्री ओली शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । यो भन्दा अरु खुलेको छैन ।

सर्वोच्चको आदेश लगत्तै शीतलनिवास पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । सर्वोच्च अदालतले सक्कल फाइल सहित जवाफ पेश गर्न आदेश दिएलगत्तै ओली शितलनिवास पुगेका हुन् ।

समस्या आए वा कुनै कदम चल्ने तयारी गरे शितलनिवास पुगिहाल्ने प्रधानमन्त्री ओली बुधबार बेलुका शितालिवास पुगेका छन् । खासगरी सर्वोच्च अदालतमा आज देखिएको माहोलबारे छलफल गर्न उनी त्यहाँ पुगेको बताइएको छ ।

मन्त्रिपरिषद् विस्तारको तयारी समेत गरेका प्रधानमन्त्री ओलीले त्यसबारे पनि छलफल गर्ने बुझिएको छ । अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भइरहेको बताइएको छ ।