यसरी राखियो नयाँ बानेश्वरमा क्रेनले उठाएर आकाशे पुल (फोटोफिचर)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ जेठ ।

उपत्यकाको नयाँ बानेश्वर चोकमा आकाशेपुल जडानको काम अन्तिम चरणमा पुगेको छ । बानेश्वर चोकमा पैदल यात्रुको बढी नै चाप हुन थालेपछि आकाशे पुल राखिएको हो ।

सडक विभागले झण्डै ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरेको हो । बुधबार आकाशे पुलको मुख्यभागलाई क्रेनको सहायताले राखिएको छ । अबको केही दिनभित्रै आकाशे पुल सञ्चालनमा ल्याउने विभागले जानकारी दिएको छ ।

आकाशे पुल राखिएसँगै पैदल यात्रुलाई सडक पार गर्न सहज हुने र यसले दुर्घटना न्यूनिकरण र ट्राफिक जामको समस्या समाधानमा सहयोग पुग्ने ट्राफिक महाशाखाले जनाएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]