परिवार नियोजनका साधनको अभाव, देखियो यस्तो समस्या

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

महिलाहरूले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन डिपोको आपूर्ति बन्द भएकोले बैतडीमा परिवार नियोजनका साधनको अभाव भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा डिपो सुईको अभाव देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका छन् ।

भट्टका अनुसार हालै बैतडीमा परिवार नियोजनका अस्थायी साधनको अभाव भएको हो। जिल्लाभरिका स्वास्थ्य संस्थामा महिलाहरूले प्रयोग गर्ने अस्थायी साधन तीनमहिने सुई डिपोको अभाव भएको हो ।

देशभरिका विभिन्न जिल्लामा अभाव खेपेको परिवार नियोजनको अस्थायी साधन डिपोको अभाव बैतडीमा पनि भएको छ । उनले भने– ‘डिपोको माथिबाट नै आपूर्ति बन्द हुँदा स्थानीयस्तरमा पनि अभाव देखिएको छ, देशभरिकै अभाव हो, यसको असर हाम्रो जिल्लामा पनि हो तीन महिनाका लागि काम गर्ने डिपो सुईको जिल्लाभरि अभाव भएपछि सेवाग्राहीहरू समस्यामा परेका छन् ।

नेपाल समाचारपत्रमा छापिएको अनुसार गएको तीन महिनादेखि डिपो सुईको अभाव भएसँगै अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्दै जाने बताइएको छ । बैतडीका कुनै पनि स्वास्थ्य संस्थामा अहिले डिपो नभएकोले नियमित सेवा लिँदै आएका महिलाहरूलाई समस्या भएको हो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]