काठमाडौं, २६ जेठ ।
पछिल्लो समय विवादमा तानिएका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच संसद् विघटन फिर्ता लिनेबारे छलफल भएको स्रोतको दाबी रहेको छ ।
नेकपा एमालेको आन्तरिक जीवनमा समस्या आइरहेका बेला संसद विघटन फिर्ता लिँदा के हुन्छ भन्ने विषयमा छलफल भएको हो ।
माधव नेपाल समूहले एमाले एकताको लागि संसद विघटन फिर्ता लिनुपर्ने शर्त राखेको छ । माधव नेपाल समुहको शर्त मानेर जाँदा आउन सक्ने परिणामका विषयमा छलफल भएको हो ।
छलफलले के गर्ने भन्ने निष्कर्ष भने निकालेको छैन् ।
स्रोत भन्छ, ‘माधव नेपाल समुहले संसद विघटन फिर्ता लिए एमाले एकता संभव रहेको बताएकाले यो विषयमा प्रधानमन्त्रीले छलफल र परामर्श लिनुभएको छ । तर, प्रधानमन्त्री संसद विघटन फिर्ता लिने निष्कर्षमा भने पुग्नु भएको होइन ।’